हैप्पी फाउन्डेसन & ANTA द्वारा पर्सा को ग्रामीण भेगका बिपन्न असहाय पिडितहरु लाई राहत बितरण ।

शनिबार १० श्रावण पर्सा ।

हैप्पी फाउन्डेसन द्वारा हिजो शनिबार ९ गते पर्सा को ग्रामीण भेगको जगरनाथपुर गापा, जिरा भवानी गापा एवम ठोरी गापा का बिपन्न एवम पिडितहरु लाई राहत बितरण गरेको छ । कोभिड १९ को दोस्रो भेरीयन्ट तथा बाढि बाट प्रत्यक्ष रुपमा प्रभावित भई चुल्हो बालन गाह्रो भएको गरीब, दलित, एकल महिला अपांग लगायतका ९० घरपरिवार हरुलाई एसोसिएसन अफ नेपाल तराईन इन अमेरिका (ANTA ) को सहयोगमा हैप्पी फाउन्डेसन को आयोजनामा राहत खाद्यान्न सामाग्री बितरण गरिएको थियो । हैप्पी फाउन्डेसन का अध्यक्ष श्री चन्दन जैसवाल को अध्यक्षतामा तथा प्रमुख अथिति वडाध्यक्ष मंगरु राउत गद्दी , सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट महादेवपट्टी जिराभवानी का प्र.नी केदार राई ,नेपाल प्रहरी सेढ्वा चौकिका नायब प्र.नी. राजा बाबू यादव ,सशस्त्र प्रहरी बल पिपरडारी का सइ शेर बहादुर बम, प्रहरी चौकी पिपरडारी का असइ बिरेन्द्र साफी,सामाजिक अभियन्ता प्रकाश थारु, रेडियो नेपाल का पर्सा सम्वाददाता राजेन्द्र सिंह राजपुत, थारु पत्रकार महासंघ पर्सा का अध्यक्ष ओम प्रकाश चौधरी , हरिकिशोर शर्मा लगायतको उपस्थितिमा पर्सा जिल्लाको जगरनाथपुर गा. पा. - १ को बिकट टोल बिशुनपुर्वा मा ३५ घरपरिवार ,जिराभवनी गाऊँ पालिका - १ को पीपरामा १६ घरपरिवार र वडा २ सेढवा नया टोलमा ३१ घरपरिवार तथा ठोरी गाऊँ पालिका - ५ स्वर्णपुर को ८ घरपरिवार ग़री जम्मा ९० घरपरिवार लाई खाद्यान्न सामग्री प्रति परिवार चामल जिरामसिनो १ बोरा( २५ किलो),आलू २ किलो, दाल १ किलो, तेल १ लिटर र स्वाबिन १ किलो का ले बितरण गरिएको थियो !

आजका राहत बितरण कार्यक्रम का अध्यक्ष एवम हैप्पी फाउन्डेसन का अध्यक्ष श्रीचन्दन जयसवाल ले दिन दुखी असहाय को सेवा सहयोग नै मानव को सरबोत्तम धर्म रहेको ले हामी सबैले आआफ्नो ठाउबाट सक्दो सहयोग गर्नु पर्छ र मानवता लाई बलियो बनाउनु पर्छ साथै यो मानवीय काममा प्रत्यक्ष सहयोग गर्ने अमेरिका मा बसेका मधेसी दाजु भाइ हरुको संस्था एण्टा लगायत अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा परोपकारी हात हरुलाई नमन गर्दै सधन्यवाद पनि दियेका थिए र आउने दिनमा हैप्पी फाउन्डेसन ले यस्ता खाले कार्यक्रम को साथै शिक्षा सीप स्वास्थ्य लगायत समाज र मानवको लागि उपलब्धिमुल्क कार्यक्रम लियेर आउने प्रतिबद्धता जाहेर गर्नु भयो ।

आजको राहत बितरण कार्यक्रम को सहजीकरण सामाजिक अभियन्ता एवम पब्लिक एफएम का कार्यक्रम संयोजक लालबाबु सिंह ले गरेका थिए भने ब्यवस्थापन सामाजिक अभियन्ता शैलेन्द्र त्रीपाठिले गरेका थिए ।

Next
Next

Covid-19 PPE distribution at Covid Special Hospital, Mujeliya, Janakpurdham